गाजामा युद्धविराम पछिको ठुलो आक्रमण, मर्नेको संख्या १३० पुग्यो

गाजा । इजरायली सेनाले गाजा पट्टीमा ठुला आक्रमण गरिरहेको बताएको छ। हमासको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।
यसअघि, इजरायल रक्षा बलले एक विज्ञप्तिमा आफूहरूले हमासको ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गरिरहेको भनेको थियो । गाजाका आन्तरिक मामिला उपमन्त्री तथा हमासका एक वरिष्ठ सैन्य कमाण्डर महमूद अबु वफाह पनि सोही आक्रमणमा मारिएको बताइएको छ।
जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण हो। प्रत्यक्षदर्शीहरूले गाजामा मानिसहरू खाना खाइरहेका बेला आक्रमण सुरु भएको बताएका छन्।
उनीहरूका अनुसार आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमानहरू देखिए। चाँडै नै ती लडाकु विमानहरूले गाजा सहर, रफाह र खान युनिसमा आक्रमण गर्न थाले।
इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायलले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए। ‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,’ विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङको खदम क्याम्पसमा कन्दङ्वा विजयी
-
एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय
-
लेखा समितिको बैठक निरन्तर राख्न माग, सभापति पोखरेलको भूमिकाप्रति आपत्ति
-
रुपन्देहीका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन, आधा दर्जन क्याम्पसमा तालाबन्दी
-
थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित
-
विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउने प्रलोभनमा बालयौन दुराचार