मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईसीसीको कारवाहीमा परे पाकिस्तानी अलराउन्डर खुशदील शाह

मङ्गलबार, ०५ चैत २०८१, १० : ५८
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी टोलीका अलराउन्डर खुशदील शाहमाथि जरिवाना लगाउने निर्णय गरेको छ । न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलका क्रममा मैदानमा अशोभनीय व्यवहार देखाएको भन्दै आईसीसीले यस्तो निर्णय लिएको हो ।

उक्त खेलमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो । त्यो खेलमा खुशदील शाहले पाकिस्तानका लागि सर्वाधिक ३२ रन बनाएका थिए । उनले ब्याटिङ गर्ने क्रममा अशोभनीय व्यवहार प्रदर्शन गरेका थिए ।

ब्याटिङ गर्ने क्रममा उनले न्युजिल्यान्डका बलर जकारी फल्कसलाई पछाडिबाट धकेलेका थिए । म्याच अम्पायरले यसको उजुरी आईसीसीमा गरेका थिए । सोही विषयलाई लिएर आईसीसीले खुशदील शाहलाई म्याच फिको ५० प्रतिशत रकम जरिवाना तिराउने निर्णय लिएको हो । 

यसका अतिरिक्त उनलाई तीन डिमेरिट अंकको सजाय पनि गरिएको छ । खुशदीलले आईसीसीको आचार संहिताको अनुच्छेट २.१२ को उल्लंघन गरेको आरोप लगाइएको छ । उनले पनि आरोप स्वीकार गरेका छन् । 

उक्त नियम अनुसार, खेलका क्रममा कुनै पनि खेलाडीले अन्य खेलाडी, अम्पायर, म्याच रेफ्री वा अन्य व्यक्ति (दर्शकसमेत) लाई समेत अनावश्यक रुपमा छुना पाइँदैन । पाकिस्तान र न्युजिल्यान्डबिचको दोस्रो टी–२० खेल हार जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?