मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मतदान जारी

मङ्गलबार, ०५ चैत २०८१, १० : ५६
मङ्गलबार, ०५ चैत २०८१

मोरङ ।  विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ । 

mahendra morang

अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्ज्वल विष्टलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादव (विकास)लाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएको छ ।

student election 3

निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् । महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।

मोरङ स्थित ३ वटा आङ्गिक कलेज र ५ वटा सम्बन्धन प्राप्त गरी जम्मा ८ बटा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?