आईजीपी थापाले भने, ‘पहुँचको होइन, पद्धतिको थिति बसाल्ने प्रयास गर्नेछु’

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै थापाले भने, ‘प्रहरी सङ्गठनमा पहुँचको हैन पद्धतिको थिति बसाल्न प्रयास गर्नेछु ।’
कार्यक्षमताको उचित मूल्याङ्कन गरेर वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै पीडा भोग्न नपर्ने गरी काम गर्ने उल्लेख गर्दै थापाले भने, ‘पदोन्नति हुनेबेला प्रहरी कर्मचारीले पीडा नपरोस् भन्नेमा विश्वास दिलाउन चाहन्छु ।’
प्रहरीमा २९ वर्ष ६ महिना सेवा गरेपछि प्राप्त उच्च पद आफ्नो लागी केवल गौरवको मात्र नभएर गम्भीर जिम्मेवारी बोध भएको बताए । उनले भने, ‘प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्नेछु ।’
समाजको आवश्यकताको उपज प्रहरी भएको उल्लेख गर्दै थापाले सङ्गठनभित्रको कमजोरी लुकाएर सुधार नहुने बताएका छन् । प्रहरीमा सुधारको लागी साइत नहेर्ने उद्घोष गर्दै उनले भने,‘सुधारको प्रारम्भ आफूबाटै गर्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल