गुलाम अलीको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक

काठमाडौँ । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द छ ।
गजलको भिडियोमा केही दिन अघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् । भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ ।
प्रज्ञा साउण्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ । गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन् ।
गजलकार मनोज खड्काले उस्ताद गुलाम अलीको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए । भिडियोमा गजल तयार पार्दाको दृश्यलाई पनि राखिएको छ ।
भिडियो मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार खड्काका केहि कर्णप्रिय गीत बजारमा आइसकेका छन् । रामकृष्ण ढकालको स्वरमा गाउँघरले सोध्यो परदेशीलाई’, प्रमोद खरेल र त्रिशला गुरुङको स्वरमा ‘तिमी जे बन उदाहरण बन’ र मेनुका पौडेलको स्वरमा रहेको ‘तेजस्वी अप्सरा’लगायतले नेपाली श्रोतादर्शकको माया पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङको खदम क्याम्पसमा कन्दङ्वा विजयी
-
एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय
-
लेखा समितिको बैठक निरन्तर राख्न माग, सभापति पोखरेलको भूमिकाप्रति आपत्ति
-
रुपन्देहीका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन, आधा दर्जन क्याम्पसमा तालाबन्दी
-
थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित
-
विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउने प्रलोभनमा बालयौन दुराचार