मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा ‘ग्रीन सेभिङ डिपोजिट’ सुरु

मङ्गलबार, ०५ चैत २०८१, १० : १७
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । एनएमबि बैंकले ग्रीन सेभिङ डिपोजिट (हरित बचत खाता) नामक बचत खाता योजना  सुरु गरेको छ । 

सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको भनाइ छ ।  यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैंकले जनाएको छ ।

सो खाताबाट ग्राहकहरुले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । 

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?