फुटबल खेलअघि दुवै टोलीका खेलाडीले जिउँदो खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गरेपछि ...

काठमाडौँ । एक प्रतियोगिताका क्रममा खेल सुरु हुनुअघि जिउँदो पूर्वखेलाडीप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गरिएको विषयलाई लिएर बुल्गेरियाको चर्चित क्लबले माफी मागेको छ ।
बुल्गेरियाको चर्चित क्लब आर्दा कार्दझालीले लेभस्की सोफियाविरुद्धको खेल सुरु हुनुअघि आफ्ना एक पूर्वखेलाडीप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गरेको थियो ।
तर, पूर्वखेलाडी पेट्को गान्चेभको निधन नै भएको थिएन । खेलपछि मात्र क्लबले आफ्ना पूर्वखेलाडी पेट्को जीवितै रहेको थाहा पाएको थियो । सोही विषयलाई लिएर क्लबले माफी मागेको हो ।
खेल सुरु हुनुअघि आर्दा कार्दझालीले मात्र होइन, लेभस्की सोफियाका खेलाडीले पनि पेट्कोप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । आफूहरूले गलत जानकारी पाएकाले यस्तो दुःखद स्थिति सृजना भएको क्लबले जनाएको छ ।
‘हामीले उनको मृत्यूको विषयमा गलत जानकारी पाएका थियौँ । त्यसैले खेल सुरु हुनुअघि श्रद्धाञ्जली अर्पण गरेका हौँ । उनी जीवितै रहेको जानकारी पाएपछि हामी निकै खुसी भएका छौँ । तर, हामी पेट्को र उनको परिवारसँग अञ्जानमा भएको भुलका लागि माफी माग्न चाहन्छौँ,’ क्लबले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?
-
बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव
-
प्रभु साहको प्रश्न : म्यानपावरहरूले १० हजार सेवा शुल्क लिनुपर्नेमा लाखौँ रकम असुलिरहँदा सरकार किन मौन ?
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश