मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
फोटोफिचर

स्ववियु निर्वाचन : तस्बिरमा हेर्नुहोस् थापाथली र पाटन क्याम्पसमा जारी मतदान

मङ्गलबार, ०५ चैत २०८१, १० : ०१
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । 

बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । मतदान अपराह्न ४ः०० बजेसम्म जारी रहनेछ ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

काठमाडौँ उपत्यकाको थापाथली र पाटन क्याम्पसमा भइरहेको मतदानका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ । 

thapathali elecation (2)thapathali elecation (3)thapathali elecation (4)thapathali elecation (5)thapathali elecation (6)thapathali elecation (7)thapathali elecation (8)thapathali elecation (9)thapathali elecation (10)thapathali elecation (11)thapathali elecation (12)thapathali elecation (13)thapathali elecation (14)thapathali elecation (15)thapathali elecation (16)thapathali elecation (17)thapathali elecation (18)thapathali elecation (19)thapathali elecation (20)thapathali elecation (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?