मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
बैंकहरूको निक्षेप

एक महिनामा बैंकहरुको निक्षेप विस्तार ४० अर्ब, कर्जा पौने २३ अर्ब, कुन बैंकको कति ?

मङ्गलबार, ०५ चैत २०८१, १० : ००
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौं । एक महिनामा बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार २० वटा वाणिज्य बैंकले फागुन महिनाको अवधिमा ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपेका हुन् । यही अवधिमा बैंकहरुको कर्जा लगानी २२ अर्ब ७४ करोड रुपैयाँले विस्तार भएको संघको तथ्यांक छ । 

यो अवधिमा १५ वाणिज्य बैंकले निक्षेप बढाउँदा ५ वाणिज्य बैंकको निक्षेप घटेको छ । कर्जा लगानीतर्फ पनि १५ बैंकले लगानी बढाउँदा ५ बैंकको घटेको बैंकर्स संघले जनाएको छ । 

  • कुन बैंकको कस्तो अवस्था ? 

यो अवधिमा निक्षेप संकलन घटेका वाणिज्य बैंकहरुमा कृषि विकास बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एशिया बैंक रहेका छन् । एक महिनाको अवधिमा कुमारी बैंकको निक्षेप ५ अर्ब २८ करोडले घट्दा एनआईसी एशिया बैंकको निक्षेप ३ अर्ब ६४ करोड, कृषि विकास बैंकको ३ अर्ब ५० करोड, नेपाल एसबीआई बैंकको ८९ करोड र माछापुच्छ्रे बैंकको २६ करोडले निक्षेप घटेको छ । 

निक्षेप संकलनमा विस्तार गर्ने वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकको ६ अर्ब ७५ करोड,  एनएमबि बैंकको ५ अर्ब ८३ करोड, नेपाल बैंकको ५ अर्ब ६९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ९७ करोड तथा ग्लोेबल आईएमई बैंकको ४ अर्ब ३ करोड रहेका छन् । लक्ष्मी सनराइज बैंक, नबिल बैंक, प्रभु बैंक, प्राइम कमर्शिय बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले पनि ३ अर्ब भन्दा धेरैको निक्षेप विस्तार गरेका छन् । 

कर्जातर्फ यो अवधिमा एनआईसी एशियाको २ अर्ब ५५ करोड, ग्लोबल आईएमई बैंकको १ अर्ब ५१ करोड, सिद्धार्थ बैंकको ९३ करोड, कुमारी बैंकको ४८ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ करोड खुम्चिएको छ । 

यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको थप कर्जा विस्तार गर्दा एभरेष्ट बैंक ३ अर्ब ३६ करोड, लक्ष्मी सनराइज बैंक ३ अर्ब ११ करोड, प्राइम कमर्शियल बैंक २ अर्ब ८० करोड, नबिल बैंक २ अर्ब ५६ करोड तथा सानिमा बैंकको २ अर्ब ३४ करोडले कर्जा विस्तार भएको छ । अरु बैंकको कर्जा विस्तार २ अर्ब भन्दा कम छ । 

निक्षेप र कर्जाको यो विस्तारसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२९ पुगेको छ । यो भनेको बैंकले निक्षेको कति प्रतिशत बराबर कर्जा दिएका छन् भन्ने हो । अहिले बैंकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था छ । यसमध्ये अहिले सबैभन्दा धेरै सीडी रेसियो माछापुच्छ्रे बैंकको ८५.६५ प्रतिशत रहँदा सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६८.४८ प्रतिशत रहेको छ ।

banks_deposit-lennding and cd ratio

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?