आजदेखि गभर्नर बिदामा, फर्किएपछि अन्तिम दिनसम्मै हाजिर हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिन लामो बिदामा बस्दै छन् । चैत २३ गतेदेखि कार्यकाल सकिन लागेका अधिकारी आजदेखि चैत १५ गतेसम्म बिदामा बस्न लागेका हुन् । त्यसपछि भने उनी नियमित काममा फर्किनेछन् ।
राष्ट्र बैंकको नियमानुसार पाइने सञ्चित बिदा सक्न अधिकारी बिदामा बस्न लागेको राष्ट्र बैंक स्रोतले जनाएको छ । बिदा अवधिभर कायम मुकायम गभर्नरको जिम्मा वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले सम्हाल्नेछिन् ।
सामान्यतया गभर्नर देशभित्र हुँदा कायम मुकायम दिने चलन नभए पनि यसपटक अधिकारीले ढुंगानालाई कामु दिएर बिदामा बसेको जनाइएको छ । चैत २३ गतेसम्म समय भए पनि सो दिन शनिबार परेका कारण उनी चैत २२ गते नै अन्तिम दिन रहनेछ । सो दिनसम्म उनी राष्ट्र बैंकमा हाजिर हुनेछन् ।
अहिले सरकारले नयाँ गभर्नर छनोटका लागि तीन सदस्यीय समिति छनोट गरेको छ, यद्यपि यसको औपचारिक निर्णय भने सार्वजनिक भएको छैन । उक्त अर्थमन्त्रीको नेतृत्वमा पूर्व गभर्नर मध्येबाट विजयनाथ भट्टराई र विज्ञ सदस्यबाट डा विश्व पौडेल समितिमा छनोट भएको बताइएको छ । उक्त समितिले नयाँ गभर्नरको छनोट गर्नेछ ।
गभर्नर अधिकारी आफैँ पनि दोस्रो कार्यकालको गभर्नरको आकाङ्क्षी रहेको बताइन्छ । अहिले गभर्नरका लागि एक दर्जन भन्दा धेरै आकांक्षीको नाम चर्चामा छ । गभर्नरको नियुक्तिका लागि भने अन्य संस्थानमा जस्ता सार्वजनिक आह्वान गर्ने चलन छैन । छनोट समितिले नै कम्तीमा एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालिकामाथि यौन दुर्व्यवहारमा महानगरपालिकाको मनोसामाजिक प्रतिवेदनबाट जाहेरीको दाबी पुग्ने अदालतको ठहर
-
मोरङको खदम क्याम्पसमा कन्दङ्वा विजयी
-
एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय
-
लेखा समितिको बैठक निरन्तर राख्न माग, सभापति पोखरेलको भूमिकाप्रति आपत्ति
-
रुपन्देहीका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन, आधा दर्जन क्याम्पसमा तालाबन्दी
-
थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित