अन्तिम नामावलीमा दर्ता गरेको नाम काटिएको भन्दै डब्लुआरसी कलेजको गेटमै नेविसंघको अनसन

पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनसन सुरु गरेका छन् । नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) पोखराको मूल गेटमै नेविसंघ नेता कृषजंग कार्की र राजिप अधिकारीले सोमबार बेलुकीबाट अनशन सुरु गरेका हुन् ।
नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उम्मेदवार रहेका प्रशान्त अधिकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो । निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए ।
तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनसन सुरु गरिएको अनसनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियु निर्वाचन हुनसक्ने उनीहरूको अडान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ४० प्रतिशत मतदान
-
निजी स्वार्थ त्यागेर सामूहिक भावनाका साथ नागरिक सेवामा समर्पित हुनु जरुरी : प्रहरी महानिरीक्षक थापा
-
थापाथली क्याम्पसमा मतगणना सुरु
-
रमाइलो क्याम्पसको स्ववियु सभापतिमा कार्की विजयी
-
ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी मतदानको प्रयास, एक जना पक्राउ
-
'एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं'