मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

वडाध्यक्षमाथि रड प्रहार गर्ने गिरी पक्राउ

मङ्गलबार, ०५ चैत २०८१, ०९ : १८
मङ्गलबार, ०५ चैत २०८१

पोखरा । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिमाथि गत आइतबार हातपात भएको थियो । 

शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए  ।

घटनाको २ दिनपछि गिरीलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । 

उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासनबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?