कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
मङ्गलबार, ०५ चैत २०८१, ०९ : ०७

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको सहमहामन्त्री महेन्द्र यादवले बताए ।
उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।
बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।