तेस्रो कर्णाली चलचित्र कार्यशाला सुरु

वीरेन्द्रनगर । तेस्रो कर्णाली चलचित्र कार्यशाला वीरेन्द्रनगरमा सुरु भएको छ। मुख्य रूपमा अभिनय प्रशिक्षणमा केन्द्रित यो कार्यशाला चैत्र ९ गतेसम्म सञ्चालन हुनेछ।
कार्यशालाको उद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी प्रमुख अतिथि रहेका थिए। उनले कर्णालीको सांस्कृतिक, भौगोलिक, र जैविक विशेषताहरूलाई चलचित्रमार्फत उजागर गर्न आवश्यक रहेको बताए।
मन्त्री भण्डारीले भने,'कर्णालीलाई काठमाडौंबाट हेर्दा गरिब र पछाडि परेको क्षेत्र भनेर चित्रण गरिन्छ, तर यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र सामाजिक जीवनशैली चलचित्रका माध्यमबाट सही रूपमा प्रस्तुत गर्न सकियो भने कर्णालीको वास्तविक पहिचान उजागर गर्न सकिन्छ। कर्णाली आर्थिक समृद्धिको हिसाबले पछि पर्न सक्दछ, तर अन्य पक्षमा यो कुनै पनि प्रदेशभन्दा कम छैन।'
कार्यशालाको आयोजक केबी इन्टरटेन्मेन्ट का अध्यक्ष भूपेन्द्र खड्काका अनुसार, यस कार्यशालाको मुख्य उद्देश्य कर्णालीका उदीयमान कलाकारहरूलाई अभिनयमा दक्ष बनाउनु हो। खड्काले भने, 'कर्णालीमा अभिनय र चलचित्रप्रति गहिरो रुचि भएका धेरै युवा छन्, तर अवसरको अभावमा उनीहरू चलचित्र क्षेत्रमा अघि बढ्न सकेका छैनन्। यो कार्यशालाले अभिनय कलाको प्रवर्द्धन गर्दै उनीहरूलाई स्थापित कलाकारहरूसँग जोड्ने अवसर प्रदान गर्नेछ।'
यो तेस्रो पटक आयोजना गरिएको कार्यशाला हो। अघिल्ला कार्यशालामा सहभागिता जनाएका कलाकारहरूलाई यसपटक उच्च स्तरको अभिनय प्रशिक्षण प्रदान गरिनेछ। यस वर्षको कार्यशालामा २६ भन्दा बढी प्रशिक्षार्थी सहभागी छन्।
प्रशिक्षकका रूपमा ख्याति प्राप्त कलाकार, निर्देशक, तथा लेखकहरूले अभिनयका विविध पक्षमा प्रशिक्षण दिनेछन्। यस कार्यशालाबाट स्थानीय कलाकारहरूको अभिनय क्षमता अभिवृद्धि गर्दै, उनीहरूलाई व्यावसायिक चलचित्र क्षेत्रसँग जोड्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
-
गाजामा युद्धविरामपछि इजरायलको सबैभन्दा ठुलो आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु
-
पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ९० हजार माथि
-
१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
-
परराष्ट्रमन्त्री राणाले भेटिन् ट्रम्पका सुरक्षा निर्देशक
-
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता, आपसी हितका विषयमा छलफल