इजरायली सेनाकाे आक्रमणबाट गाजा पट्टीमा ३४ प्यालेस्टिनी मारिए

काठमाडौँ । इजरायली सेनाले गाजा पट्टीमा व्यापक आक्रमण गरिरहेको छ। गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३४ प्यालेस्टिनी मारिएको बीबीसीले उल्लेख गरेको छ । सो आक्रमणमा कम्तीमा ७० जनाभन्दा बढी घाइते भएका छन्।
इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठुलो लहर हो।
चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्ट अनुसार मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहलाई लक्षित गरेर आक्रमण भएका छन् ।
प्रधानमन्त्री कार्यालयको एक विज्ञप्ति अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएका थिए।
हामसले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको, साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरूलाई अस्वीकार गरेकोले आक्रमणलाई निरन्तरता दिइएको इजरायलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
-
ट्रम्पको पुनरागमनपछि मस्कको शक्ति बढ्यो तर लोकप्रियता र सम्पत्तिमा घाटा
-
बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
-
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनविनै सञ्चालन
-
झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ
-
सत्तामा बस्नेहरु थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन् : अध्यक्ष सुवेदी