के हो स्लिप प्यारालाइसिस ? कस्ता मानिस हुन्छन् जोखिममा ?

निदाउने बित्तिकै वा निद्राबाट ब्युँझने बित्तिकै कहिलेकाहीँ केही बेर शरीर हलचल गर्न सकिँदैन, न त मुखबाट एउटा शब्द निकाल्न सकिन्छ । कतिपयले यो स्थितिलाई भूत प्रेतसँग जोड्ने गरेको पाइन्छ । मेडिकल साइन्समा यस्तो अवस्थालाई स्लिप प्यारालाइसिस भनिन्छ ।
हामी सुत्दा स्लिप साइकलको दुई हिस्सा हुन्छ: र्यापिड आई मुभमेन्ट र नन र्यापिड आई मुभमेन्ट । हामी पहिलो चरणमा भएको बेलामा सपना देख्छौँ । स्लिप प्यारालाइसिस पनि यही बेलामा हुन्छ । यस्तो बेलामा मस्तिष्क जागा हुन्छ, तर शरीर पूर्ण रूपमा जागिसकेको हुन्न । निद्रा खुलिसकेको हुन्छ शरीर भने पक्षघात भए जस्तै हलचल गर्न नसकिने भएकोले यस्तो स्थितिलाई स्लिप प्यारालाइसिस भनिएको हो ।
यस्तो बेलामा केही मानिसहरू राक्षस, भूत–प्रेत, एलियन वा आफ्ना मृत आफन्तहरू देखेको बताउँछन् । कतिले भने आफ्नो शरीरको केही हिस्सा नै हावामा तैरिएको देख्छन् । आफ्नो बगलमा आफ्नो जस्तै अनुहार भएको मान्छे देखेको बताउनेहरू पनि छन् । यही हेलोसिनेशनकै कारण आधुनिककालीन यूरोपमा बोक्सी जस्तो अन्धविश्वास बढेको अनुसन्धानकर्ताहरूको विश्वास छ ।
अहिले पनि राति यस्तो ऐँठन हुँदा बोक्सीले छल्न आयो भनेर भन्नेहरू पनि प्रशस्तै भेटिन्नन् । साहित्यमा पनि यो अवस्थाको प्रशस्तै व्याख्या भेट्न सकिन्छ । यसबारे वैज्ञानिक अनुसन्धान र खोज भने कमै भएका छन् । गएको १० वर्षमा यसप्रति वैज्ञानिकहरूको रुचि बढेको देखिएको छ । अनुसन्धान र खोज बढेसँगै स्लिप प्यारालाइसिसका घटनाहरू प्रकाशमा आउने क्रम पनि बढेको छ ।
के कारण हुन्छ स्लिप प्यारालाइसिस ?
डाक्टरहरूका अनुसार निद्रा पुरा नहुनु स्लिप प्यारालाइसिसको मुख्य कारण हो । सुत्ने समय तालिका अनियमित हुनु वा तनावको कारण पनि यस्तो समस्या देखिन सक्छ । उत्तानो परेर सुत्दा पनि स्लिप प्यारालाइसिस हुन सक्ने केही डाक्टरहरू बताउँछन् । यो कुनै गम्भीर स्वास्थ्य समस्या भने होइन । यसले शरीरमा कुनै खतरा हुन्न । केहीमा ध्यान र योगाले पनि यो समस्या कम हुन्छ । अलौकिक शक्तिमा विश्वास राख्नेहरू स्लिप प्यारालाइसिसको सिकार धेरै हुने विज्ञहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन
-
आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
-
पोखरा बेलुन विस्फोट घटना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार