मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वकप क्वालिफायरमा मेस्सी टोली बाहिर

मङ्गलबार, ०५ चैत २०८१, ०६ : ०७
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौं । अर्जेन्टिनाले लियोनल मेस्सीलाई आगामी विश्वकप क्वालिफायरबाट बाहिर राखेको छ । अंग्रपंक्तिका हस्ती मेस्सी आउँदो विश्वकप दुई क्लालिफायरमा टोलीबाहिर रहने भएका हुन् । 

उनी आइतबारको खेलका दौरान चोटग्रस्त भएका छन् । एडक्टर मांसपेशीमा उनलाई चोट लागेको इन्टरले पुष्टि गरेको छ । आठ पटकका बालेन डी’ओर विजेता मेस्सीलाई मियामीका तीन खेलमा आराम दिइएको थियो । यद्यपि, उनी बेन्चबाट उठेर अघिल्लो हप्ता जमैकाको क्याभिलियरविरुद्ध कोनकाफाफ च्याम्पियन्स कममा जित दिलाएका थिए । 

अर्जेन्टिना आउँदो वर्ष विश्वकप क्वालिफिकेशन हासिल गर्न सक्ने अनुमान गरिंदै छ । कारणः टोलीले उरुग्वेको भ्रमण गर्ने छ भने ब्राजिललाई न्यानो स्वागत गर्ने छ ।  उ दक्षिण्ण अमेरिकी १० टोलीको क्वालिफाइङ समूहमा उरुग्वेभन्दा पाँच अंक अगाडि छ । ६ खेल बाँकी छँदै अर्जेन्टिना उरुग्वेभन्दा पाँच अंक अघि रहँदा ब्राजिल सात अंकपछि पाँचौं स्थानमा छ । 

शीर्ष ६ टोली २०२६ को विश्वकपका लागि स्वतः छनोट हुने छन् भने सातौं स्थानमा रहने टोलीले प्लेअफ खेल्न पाउने छन् । १२ चरणपछि मेस्सी ६ गोलका साथ शीर्ष स्कोरर ठहरिएका छन् । १९१ अन्तर्राष्ट्रिय खेलमा उनको कुल स्कोर संख्या ११२ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?