तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याए, आँखा र अनुहार ‘ड्यामेज’

काठमाडौं । भारत मध्यप्रदेशको शिवपुरीमा एक तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याएर अनुहार र आँखा दुबै डढाइदिएका छन् । टाइम्सअफ इन्डियाका अनुसार मध्य प्रदेशका एक स्वयंभू तान्त्रिकले छ महिनाको शिशुलाई आगोमाथि उल्टो पारेर झुण्ड्याउँदा अनुहार र आँखा दुबै डढेको छ ।
गम्भीर अवस्थामा उनको उपचार भइरहेको र आँखाको ज्योति लगभग गुमेको अनुमान गरिँदै छ । घटना मार्च १३ गते भएको र घटनालगत्तै तान्त्रिक परार रहेको समाचारमा जनाइएको छ । विरामी ठीक हुने आशामा आमाले बच्चालाई एक अनुष्ठानका लागि शिवपुरी लिएर गएकी थिईन् ।
त्यसरी बच्चालाई आगोमा झोंस्ने तान्त्रिक रघुविर धाकडविरुद्ध छानविन जारी रहेको र औपचारिक रुपमा मुद्दा दर्ता गर्न बाँकी रहेको बताइएको छ । ६ महिने शिशुको सघन उपचारकक्ष आईसीयुमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका नेत्र रोग विशेषज्ञले स्थानीय सञ्चारमाध्यलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो
-
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी
-
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
-
शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग
-
सरकारको नीति तथा कार्यक्रमका लागि के -के छन् संसद्का सुझाव ?
-
‘ट्रम्प प्रभाव’ले विश्वव्यापी रूपमा मानवअधिकार सङ्कटमा पर्ने एम्नेस्टी इन्टरनेसनलको चेतावनी