मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार :  शिक्षकका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुनेदेखि ओली र देउवासामु प्रचण्डले राखे मिलेर जाने प्रस्तावसम्म

सोमबार, ०४ चैत २०८१, २३ : ५६
सोमबार, ०४ चैत २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. शिक्षकहरुका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुने 
शिक्षकहरुका लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट मात्र लागू हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सो कुराको जानकारी दिएको हो । शिक्षामन्त्री विद्या भट्टराईको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ ।  

२ . प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त महानिरीक्षक थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

३. सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा
राष्ट्रिय पंचायतक पूर्वअध्यक्ष एवम् राप्रपाका नेता नवराज सुवेदीको संयोजकत्वमा ुतेस्रो जनआन्दोलनु घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि प्रमुख दलहरू छिटो नवीन समझदारीमा आउन् भन्ने उद्देश्यका साथ ुजनआन्दोलनु घोषणा गरिएको बताइएको छ ।

४. ओली र देउवासमक्ष प्रचण्डले राखे प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष अनौपचारिक सम्वाद मार्फत गणतन्त्रवादीहरू मिलेर जानुपर्ने प्रस्ताव राखेका छन् ।

५ं ओलीले लेखे पूर्वराजा ज्ञानेन्द्र लक्षित कविता 
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रमस्थलमै कविता लेखेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह लक्षित कविता लेखेका हुन् ।

६. भीमसेन तरबार शिलाका लागि ५२ किलोको घण्टी
दोलखाको सैलुङ गाउँपालिका–८ मा पर्ने सैलुङ डाँडामा रहेको भीमसेनको तरबार शिलामा ५२ किलोको घण्टी राखिने भएको छ ।  वरिष्ठ समाजसेवी शोभित उप्रेतीले सो मन्दिरका लागि ५२ किलोको घण्टी र त्यसका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन् ।

७. पूर्वसचिव पाण्डे र बेचन झाको रिट खारेज
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसचिव टेकनारायण पाण्डे र बेचन झाको रिट निवेदन खारेज भएको छ । उनीहरूले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिएको हो ।

८. चैत १५ गतेको विरोध प्रदर्शनका लागि समाजवादी मोर्चा आवद्ध दलको के छ तयारी ? 
चार दल सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शन गर्दैछन् । विरोध प्रदर्शनका लागि मोर्चा आवद्ध दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।

९- आफ्नै प्रतिबद्धताविपरीत तालाबन्दीमा उत्रिए विद्यार्थी संगठन
विद्यार्थी संगठनहरू आफ्नै प्रतिबद्धताविपरीत तालाबन्दीमा उत्रिएका छन् । स्ववियु निर्वाचन प्रक्रिया अघि बढेको समयमा उनीहरूले विभिन्न कलेजमा आफ्नो अनुकूल परिस्थिति नभएपछि तालाबन्दी गरेका छन् ।

१०. घरायसी प्रयोजनको ग्यासमा अनुदान दिने तयारी, यस्तो छ प्रक्रिया
अब घरायसी प्रयोजनको ग्यासमा अनुदान दिइने भएको छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न करिब एक महिना लाग्ने भएको छ । त्यसपछि अनुदान वितरणको प्रक्रिया थालिने नेपाल आयल निगमले जनाएको छ ।

११. गेटामा मेडिलक विश्वविद्यालय स् राजनीतिक प्रतिबद्धताको बाढी तर प्रगति सुस्त
सुदूरपश्चिमको कैलाली जिल्लास्थित गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको एक वर्ष भइसकेको छ । यसअघि त्यहाँ मेडिकल कलेज सञ्चालनको व्यापक चर्चा र तयारी थियो । प्रमुख राजनीतिक दलका नेताहरूले सुदूरपश्चिम जाँदा गेटा मेडिकल कलेज र मेडिकल विश्वविद्यालयबारे अभिव्यक्ति दिने गरे पनि काममा भने त्यसअनुसारको गति देखिएको छैन । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

१२ं ‘ऊर्जामन्त्रीले टीओडी मिटरको बिल जाँच गर्न बनाएको समितिको कानुनी आधार देखिएन’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत मंसिर २ गते गठन गरेको बिल जाँचबुझ समिति प्रथम दृष्टिमा नै अधिकार क्षेत्रविहीन रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । आइतबार सर्वोच्च अदालतले ऊर्जामन्त्रीले बनाएको समितिले काम गर्न नपाउने गरी अन्तरिम आदेश जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?