१० बजे १० समाचार : दीपक थापा प्रहरी महानिरीक्षकमा नियुक्त, पूर्वपन्च सुवेदीको संयोजकत्वमा 'तेस्रो जनआन्दोलन' घोषणा

आज २०८१ चैत ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त, पुर्वपन्च सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा, ओली र देउवासमक्ष प्रचण्डले राखे प्रस्ताव, ओलीले लेखे पूर्वराजा ज्ञानेन्द्र लक्षित कविता, पूर्वसचिव पाण्डे र बेचन झाको रिट खारेज, चैत १५ गतेको विरोध प्रदर्शनका लागि समाजवादी मोर्चा आवद्ध दलको के छ तयारी ? लगायत छन् ।
१.प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त महानिरीक्षक थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
२. सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा
राष्ट्रिय पंचायतक पूर्वअध्यक्ष एवम् राप्रपाका नेता नवराज सुवेदीको संयोजकत्वमा 'तेस्रो जनआन्दोलन' घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि प्रमुख दलहरू छिटो नवीन समझदारीमा आउन् भन्ने उद्देश्यका साथ 'जनआन्दोलन' घोषणा गरिएको बताइएको छ ।
३. ओली र देउवासमक्ष प्रचण्डले राखे प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष अनौपचारिक सम्वाद मार्फत गणतन्त्रवादीहरू मिलेर जानुपर्ने प्रस्ताव राखेका छन् ।
४. ओलीले लेखे पूर्वराजा ज्ञानेन्द्र लक्षित कविता
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रमस्थलमै कविता लेखेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह लक्षित कविता लेखेका हुन् ।
५. पूर्वसचिव पाण्डे र बेचन झाको रिट खारेज
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसचिव टेकनारायण पाण्डे र बेचन झाको रिट निवेदन खारेज भएको छ । उनीहरूले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिएको हो ।
६. चैत १५ गतेको विरोध प्रदर्शनका लागि समाजवादी मोर्चा आवद्ध दलको के छ तयारी ?
चार दल सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शन गर्दैछन् । विरोध प्रदर्शनका लागि मोर्चा आवद्ध दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।
७. आफ्नै प्रतिबद्धताविपरीत तालाबन्दीमा उत्रिए विद्यार्थी संगठन
विद्यार्थी संगठनहरू आफ्नै प्रतिबद्धताविपरीत तालाबन्दीमा उत्रिएका छन् । स्ववियु निर्वाचन प्रक्रिया अघि बढेको समयमा उनीहरूले विभिन्न कलेजमा आफ्नो अनुकूल परिस्थिति नभएपछि तालाबन्दी गरेका छन् ।
८. घरायसी प्रयोजनको ग्यासमा अनुदान दिने तयारी, यस्तो छ प्रक्रिया
अब घरायसी प्रयोजनको ग्यासमा अनुदान दिइने भएको छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न करिब एक महिना लाग्ने भएको छ । त्यसपछि अनुदान वितरणको प्रक्रिया थालिने नेपाल आयल निगमले जनाएको छ ।
९. गेटामा मेडिलक विश्वविद्यालय : राजनीतिक प्रतिबद्धताको बाढी तर प्रगति सुस्त
सुदूरपश्चिमको कैलाली जिल्लास्थित गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको एक वर्ष भइसकेको छ । यसअघि त्यहाँ मेडिकल कलेज सञ्चालनको व्यापक चर्चा र तयारी थियो । प्रमुख राजनीतिक दलका नेताहरूले सुदूरपश्चिम जाँदा गेटा मेडिकल कलेज र मेडिकल विश्वविद्यालयबारे अभिव्यक्ति दिने गरे पनि काममा भने त्यसअनुसारको गति देखिएको छैन । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१०. ‘ऊर्जामन्त्रीले टीओडी मिटरको बिल जाँच गर्न बनाएको समितिको कानुनी आधार देखिएन’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत मंसिर २ गते गठन गरेको बिल जाँचबुझ समिति प्रथम दृष्टिमा नै अधिकार क्षेत्रविहीन रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । आइतबार सर्वोच्च अदालतले ऊर्जामन्त्रीले बनाएको समितिले काम गर्न नपाउने गरी अन्तरिम आदेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट
-
निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित
-
परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबिच भेटवार्ता
-
बालिकामाथि यौन दुर्व्यवहारमा महानगरपालिकाको मनोसामाजिक प्रतिवेदनबाट जाहेरीको दाबी पुग्ने अदालतको ठहर
-
मोरङको खदम क्याम्पसमा कन्दङ्वा विजयी
-
एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय