खोटाङमा डढेलो गाउँ पस्यो, एक विद्यालयसहित सात घर जलेर नष्ट

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–२ मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छन् ।
स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा प्रवेश गर्दा डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।
स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पीर्तिबहादुर राई, रणबहादुर राई, अविन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी घनश्याम राईले जानकारी दिए । कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुइकोठे भवन डढेलोले जलेर नष्ट भएको हो ।
डढेलो गाउँ पसेर क्षति गर्न थालेपछि निभाउने प्रयास भइरहेको सो वडाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । 'गाउँ पसेको डढेलो निभाउन स्थानीयवासी, नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी खटिएका छन्', उनले भने, 'डढेलो लागेको ठाउँ सुख्खाग्रस्त क्षेत्रमा पर्छ । आगो निभाउन पानी छैन । घरमा लागेको आगो समयमा निभाउन नसक्दा ठूलो क्षति भएको छ ।'
दाम्लीको नबेल्खा जंगलमा आइतबारदेखि सुरु भएको डढेलोले डिकुवाका अन्य घरहरुमा समेत क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएका नेपाली सेनाले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक लेखा समितिमा ११४ उजुरी, छानबिन गर्न ४८ वटा छनोट
-
भोजपुरमा आगलागी, १७ घर, आठ पाली र १० गोठ नष्ट
-
स्ववियु चुनावमा स्वतन्त्र उम्मेदवारको जित, तस्बिरहरू
-
यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
-
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा