मुख्यमन्त्री लामाद्वारा मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन पेस गर्न निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीहरूसँग कार्य प्रगतिको समीक्षा गरेका छन् । मुख्यमन्त्री लामाले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चालु आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गरेका हुन् ।
प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट तथा कार्यक्रमहरू कार्यान्वयनको अवस्था बारेमा मुख्यमन्त्री लामाले विभागीय मन्त्रीहरूसँग कार्य सञ्चालनको सन्दर्भमा रहेको समस्याहरूको बारेमा समेत छलफल गरेका थिए । छलफलमा मुख्यमन्त्री लामाले मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता अनुसारको रिपोर्ट पेस गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री लामाले हरेक महिना मन्त्रालयमा सचिवहरूसँग कार्य सम्पादन मूल्याङ्कन तयार गर्न र तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्न निर्देशन दिएका हुन् । उनले प्रदेश सरकारको पुँजीगत खर्च बढाउन र आर्थिक मितव्ययिता कायम गर्न मन्त्रीहरूलाई निर्देशन गरेका छन् ।
साताको ४ दिन अनिवार्य रूपमा मन्त्रालयमा बस्न उनले मन्त्रीहरूलाई निर्देशन गरेका छन् । मुख्यमन्त्री लामाले प्रशासनिक खर्च कटौती गर्न र पदीय मर्यादा कायम गर्न मन्त्रीहरूलाई निर्देशन गरे । प्रदेश सरकार र संघीय संरचनालाई बलियो बनाउने गरी आलोचना रहित कार्य सम्पादनमा जोड दिनुपर्ने मुख्यमन्त्री लामाको भनाई थियो ।
छलफलमा सहभागी मन्त्रीहरूले कर्मचारी व्यवस्थापन र समय सान्दर्भिक निर्णयको भूमिकामा सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । उनीहरूले कर्मचारीहरू पहुँचमा आउने र जाने गर्दा काम गर्न समस्या भएको गुनासो गरेका थिए ।
उक्त छलफल माघ मसान्तसम्म प्रदेशको चालु तर्फ खर्च २९.७६ प्रतिशत र पुँजीगत खर्च १४.३० प्रतिशत गरी कुल २०.१८ मात्रै खर्चको समीक्षा गरिएको थियो भने खर्च नहुने बजेट समर्पण नहुनु, प्रदेशको राजश्व सङ्कलन गत वर्षको तुलनामा २ करोड ७१ लाख रुपैयाँ कम रहेको विषयमा केन्द्रित रहेको थियो ।
राजश्व संकलनको समस्या, चुनौती र व्यवस्थापन, कार्यसम्पादन सम्झौता उपर पछिल्लो ८ महिनाको प्रगति विवरण, मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयको पूर्व स्वीकृति लिने, हप्तामा ४ दिन र सचिव ५ दिन अनिवार्य हेटौँडा बस्ने, मन्त्री तथा कर्मचारीको आचरण, सचिवालयको नियन्त्रण, भ्रष्टाचार, अनियमितता रोक्ने विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीले ठप्प भएको युरोपकै व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु
-
सूर्यग्रहण लाग्ने दिन चैत १६ मा शनिग्रह विशेष पूजा हुने
-
भारतीयको रोजाइमा नेपाली हस्तकला र विजयसालका भाँडा
-
पूर्ण अपाङ्गता भएका क्षितिजलाई घरमै पुगेर नागरिकता
-
१२ बजे, १२ समाचार : समिति बैठकमा सांसदहरूबीच नोकझोकदेखि ३ प्रतिशत थ्रेसहोल्डको कुराले तर्सिए साना दलसम्म
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए