संसद् बैठक
सहकारीसम्बन्धी विधेयकमा विपक्षीले मागे मत विभाजन
सोमबार, ०४ चैत २०८१, २० : ४७

काठमाडौँ । ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा विपक्षी सांसदहरूले मत विभाजनको माग गरेका छन् ।
प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरू मत विभाजनको माग गरेका हुन् । २८ जना सांसदले उठेर मत विभाजन गर्न माग गरेका हुन् ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विधि र प्रक्रिया पुर्याएर मत विभाजनको माग गरेका थिए । उनको मागपछि सभामुख देवराज घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी
-
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
-
२०८२ साल कुन राशिका लागि शुभ ?