चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आएका छन् । सोहीअनुसार संघीय अस्पतालहरूले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन् ।
सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. रोशन देवकोटाले बताए ।
मन्त्रालयको तालिकाअनुसार अस्पतालहरूमा एक्स-रे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शय्या विस्तार आदि छन् ।
मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोस्रो साता काठमाडौँ महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने छन् ।
भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत्र दोस्रो साताभित्र आरम्भ गर्नेछ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेस्रो साताभित्र आरम्भ गर्नेछ ।
यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ ।
तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले चैत्र दोस्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ । डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमुना सङ्कलन सेवा चैत्र तेस्रो साताभित्र सुरु हुनेछ ।
नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेस्रो साताभित्र थाल्ने तयारी गरेको छ ।भेरी अस्पतालले भने १० आइसीयु शय्या थपसँगै जलन वार्डमा ६ शय्या थप गर्ने तयारी गरेको छ ।
चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय आविस्कार केन्द्रले बनाएको ‘बेबी वार्मर’ पुग्यो बर्थिङ एकाइमा
-
कटहरका रुख सुकेपछि किसानलाई पिरलो
-
१२ बजे, १२ समाचार : चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग अलपत्रदेखि विराटनगरमा मौलायो गुण्डागर्दीसम्म
-
मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित
-
खोटाङका कुनै क्याम्पसमा भएन स्ववियु निर्वाचन
-
एकता महाधिवेशनलाई सघाउने कांग्रेस निकट जनसम्पर्क समितिले साथ दिने