आधार क्षेत्रमा नेविसंघलाई सघाउँदै अनेरास्ववियु, विरासत भत्काउने दाउमा क्रान्तिकारी

भोजपुर । आसन्न चैत्र ५ गते अपवाद बाहेक देशै भरीका आङ्गिक र सामुदायिक क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन लागिरहेको छ । निर्वाचनको पूर्व सन्ध्यामा विद्यार्थी संगठन र तिनका मूल पार्टीका नेताहरूलाई भोट बटुल्न भ्याइनभ्याई छ ।
निर्वाचनको सरगर्मी अरू क्याम्पसहरूमा जस्तै भोजपुरको एक मात्र आंगिक क्याम्पसमा बढेको छ । पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई र नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीको गृह जिल्ला रहेको यहाँ नेपाल पत्रकार महासंघदेखि विभिन्न सामाजिक संस्थाहरूको निर्वाचनमा समेत यी दुई नेताहरू आफ्नो प्रतिष्ठाको लडाइँका रुपमा लिने गरेका छन् ।
स्ववियु निर्वाचनमा हाल सम्म भोजपुर बहुमुखी क्याम्पसलाई एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आधार क्षेत्रका रूपमा लिने गरेको छ । हाल सम्म ९ कार्यकाल अखिलले स्ववियुको नेतृत्व गरेको भोजपुर बहुमुखी क्याम्पसमा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) ले जम्मा २ पटक मात्र नेतृत्व लिएको थियो । हालसम्म एक पटक पनि नेतृत्व लिन नसकेको माओवादी निकट अखिल (क्रान्तिकारी)ले यो पटक भने एमालेको विरासत भत्काउने दाउमा लागेको देखिन्छ ।
९ पटक नेतृत्व गरेको अनेरास्वावियु नेतृत्व विहीन बन्दै
९ पटकसम्म भोजपुर बहुमुखी क्याम्पसमा आफ्नो वर्चस्व कायम राखेको अनेरास्वावियुले यस निर्वाचनमा अध्यक्षविहीन बनेर नेपाल विद्यार्थी संघलाई सघाइरहेको छ । अर्को तिर समाजवादी विद्यार्थी युनियन, एकीकृत समाजवादी निकट अनेरास्वावियू लगायत लाई साथमा लिएर अखिल क्रान्तिकारी चुनावी प्रतिस्पर्धामा नेविसंघसँग भिडिरहेको छ ।
अध्यक्षमा नेविसंघका अशोक कार्की, र अखिल क्रान्तिकारीका सोविन तामाङ प्रतिस्पर्धामा रहँदा पूर्व स्ववियु अध्यक्ष तथा अनेरास्वावियुको भोजपुर अध्यक्ष निशान राई भने निरीह बनेका छन् । एक कार्यकाल नेतृत्व दोहोर्याउने तीव्र इच्छा रहँदा रहँदै नेतृत्वले नेवि संघको प्यानलबाट निर्वाचनमा सहभागी जनाउने निर्णय गरेपछि स्ववियु नेतृत्व दोहोर्याउने निशानको सपना तुहिएको हो । विद्यार्थीहरू बिच लोकप्रिय रहेका निशानले टिकट नपाउँदा अनेरास्ववियुको विद्यार्थीहरू नेतृत्वको अकर्मन्यताको दुष्चक्रमा फसेका छन् ।
विगतमा एक्लै चुनावी प्रतिस्पर्धामा आफ्नो साख जोगाउँदै आएको क्याम्पसमा यो पटकको स्ववियु निर्वाचनमा नेतृत्व विहीन भएर नेवि संघलाई सघाउनु पर्दा कतिपय एमाले पंक्ति समेत रुष्ट छन् । नेकपा एमाले भोजपुरका अध्यक्ष मक्कर खड्का निकट मानिने एक जिल्ला कमिटी सदस्यले भनेका छन् “हाम्रो नेतृत्वले स्ववियु निर्वाचनमा आफ्नो संगठनलाई नेतृत्व विहीन बनाउने गरी गरेको निर्णय अपरिपक्व हो । ९ पटक सम्म एक्लै निर्वाचन जितेर नेतृत्व गरेको क्याम्पसमा स्ववियु निर्वाचनको नेतृत्वका लागि उम्मेदवार कांग्रेस निकट विद्यार्थी संगठनलाई जिम्मा लाउनु पार्टी कमजोर हो भनेर आत्मसमर्पण गर्नु जस्तै हो । यसले पार्टीलाई गम्भीर धक्का पुग्ने छ ।”
दोहोरो निशानामा निशान
अनेरास्ववियु र निशानले अध्यक्षमा टिकट नपाउनुको मुख्य कारण पूर्व क्याम्पस प्रमुख भोलानाथ राई नै प्रमुख कारण बनेका छन् । भर्खरै नियुक्त क्याम्पस प्रमुख डा.पर्वतकुमार राईले पद बहाली गर्दा पूर्व क्याम्पस प्रमुख भूलनाथ राईले कालो झण्डा देखाउन तत्कालीन स्ववियु अध्यक्ष निशान राईलाई निर्देशन दिएका थिए । तर विना कारण आफूले यो हदसम्मको हर्कत नगर्ने अडान निशानले लिएपछि रुष्ट बनेका पूर्व क्याम्पस प्रमुख राईले निशानसँग स्ववियु निर्वाचनमा बदला लिएको स्रोतले जनाएको छ ।
पूर्व क्याम्पस प्रमुख राईको निर्देशन नमान्दा निशानलाई लक्षित गर्दै “कुकुर बहुलायो” शीर्षकमा कविता नै लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसको काउन्टरमा निशानले समेत स्ट्याटस मार्फत जवाफ फर्काएका थिए । निशानलाई कुनै पनि हालतमा स्ववियु अध्यक्षको टिकट दिन नहुने दिएमा पराजय हुने र निर्वाचित हुँदा पनि पार्टीको निर्देशनमा काम गर्न नसक्ने भूलानाथले पार्टी नेतृत्वलाई रिपोर्टिङ गरेका थिए । त्यति मात्रै हैन पूर्व मुख्य मन्त्री शेरधन राई मार्फत पार्टीका जिल्ला अध्यक्ष मक्कर खड्कालाई दबाब दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी स्वार्थ त्यागेर सामूहिक भावनाका साथ नागरिक सेवामा समर्पित हुनु जरुरी : प्रहरी महानिरीक्षक थापा
-
थापाथली क्याम्पसमा मतगणना सुरु
-
रमाइलो क्याम्पसको स्ववियु सभापतिमा कार्की विजयी
-
ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी मतदानको प्रयास, एक जना पक्राउ
-
'एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं'
-
रोटरी सम्मेलन चैत ८ देखि