एसइईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा ९एसईई० लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
आज ‘भर्चुअल’ माध्यमबाट मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखसँगको बैठकमा उनले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन् । मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जवाफदेही ढङ्गले सञ्चालन गर्न आग्रह गरिन् ।
परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसमेत जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। 'परीक्षाको गुणस्तर कायम राख्न र अन्य अवाञ्छीत क्रियाकलापलाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ । सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध छ । परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायको सहयोगको आवश्यक छ', उनले भनिन् ।
यस वर्षको एसईई परीक्षा यही चैत ७ देखि १९ गतेसम्म देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुँदैछ । परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएका छन् । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी र अन्य पाठ्यक्रमका विषयको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी दुई दिनमा ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ ।
परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं'
-
रोटरी सम्मेलन चैत ८ देखि
-
पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
-
गाजामा युद्धविरामपछि इजरायलको सबैभन्दा ठुलो आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु
-
पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ९० हजार माथि
-
१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक