शिक्षा
शैक्षिक सत्र सुरु नभई भर्ना खुलाए काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने
सोमबार, ०४ चैत २०८१, १९ : ४७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई भर्ना खुला नगर्न नगराउन विद्यालयहरूलाई सचेत गराएको छ ।
सोमबार मातहतका सबै विद्यालयलाई पत्राचार गर्दै महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई नियमावली विपरीत भर्ना नगराउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीको नियम ४८ को उपनियम ६ मा कसैले पनि शैक्षिक सत्र सुरु नभई भर्ना गराउन नपाउने व्यवस्था छ ।
तर, कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्न थालेको जनगुनासोपछि महानगरपालिकाले यस्तो कडाइ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ४० प्रतिशत मतदान
-
निजी स्वार्थ त्यागेर सामूहिक भावनाका साथ नागरिक सेवामा समर्पित हुनु जरुरी : प्रहरी महानिरीक्षक थापा
-
थापाथली क्याम्पसमा मतगणना सुरु
-
रमाइलो क्याम्पसको स्ववियु सभापतिमा कार्की विजयी
-
ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी मतदानको प्रयास, एक जना पक्राउ
-
'एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं'