पूर्वराजा ज्ञानेन्द्रलक्षित प्रधानमन्त्री ओलीको कविता– खोजी भइरहेछ भाइमाराको !

काठमाडौँ । जुनसुकै विषयमा पनि घण्टौँ धाराप्रवाह प्रवचन दिने गरेका प्रधानमन्त्री केपी ओलीले कार्यक्रम स्थलमै कविता रचना गरेका छन् ।
आइतबार मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा ओलीले कविता रचना गरेका हुन् ।
ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गरेका थिए । उनको कविता पूर्वराजा ज्ञानेन्द्र शाह र पछिल्लो राजनीतिक अवस्थाप्रति लक्षित देखिन्छ ।
सहरमा खोजी भइरहेछ हराएको मूर्तिको
मूर्ति आफै हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पाकेटमाराको !
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !
नेपाल र विदेशका गरी करिब पाँच सय स्रष्टा सहभागी सम्मेलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको थियो । यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मिलनको उद्घाटन भएको थियो ।
प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताएका थिए ।
यस्तो छ ओलीको कविता ः
अञ्जुली भित्र सजाएर राखेको नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडौँ
एउटा बृहत् मिलन, सम्मिलन
एउटा सङ्कल्प सुवर्ण हिमवत्खण्डको
कथा–हाँगाबाट भुइँमा
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाइँ !
उन्माद,आर्तनाद !
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !
तर, समय फेरिएको छ
सहरले धेरै कुरा बिर्सिएको छ
नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ
आजकाल सहरमा ‘काग काग’ कराउँदै उडिरहेछन्
आफ्नै सभ्यता माथि बिष्ट्याइरहेछन्
ओहो भाषा !
भनभन ! साँचो झुटो
सहरमा खोजी भइरहेछ हराएको मूर्तिको
मूर्ति आफै हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पाकेटमाराको !
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !
तर,
हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ
अघि बढ्ने बाटो खोजिरहेछ
अलि पर एउटा स्पष्ट गन्तव्य
सबै कुरा छोडेर त्यहि छुन
एउटा यात्रा, एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
संकल्प सुवर्ण हिमवत्खण्डको !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाइसेन्स दिने भनिएपछि कर्मकाण्ड र ज्योतिष कक्षा लिनेको बढ्यो भीड, ६ महिनाको शुल्क १५ हजार
-
तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याए, आँखा र अनुहार ‘ड्यामेज’
-
सुरक्षाको कारण देखाउँदै अमृत साइन्समा स्ववियु चुनाव स्थगित
-
१२ बजे, १२ समाचार : शिक्षकका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुनेदेखि ओली र देउवासामु प्रचण्डले राखे मिलेर जाने प्रस्तावसम्म
-
आरआर क्याम्पसमा मध्यराती अनेरास्ववियुको तालाबन्दी
-
मानव अधिकार आयोगले स्ववियू निर्वाचनको अनुगमन गर्ने