मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक कप २०८१ सुरु

सोमबार, ०४ चैत २०८१, १८ : ३६
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सशस्त्र प्रहरी महानिरीक्षक कप २०८१ सुरु भएको छ । प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सोमबार उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सातै प्रदेशस्थित बाहिनी मुख्यालयहरू र उपत्यकास्थित बाहिनी मुख्यालयका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरू समावेश गरिएको सो प्रतियोगितामा ६ सय १३ जना खेलाडीहरू सहभागी रहेका छन् । प्रतियोगिता यही चैत्र ८ गतेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?