माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका-१ घर भई ललितपुर गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका-६ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका-८ बस्ने २८ वर्षीय दीपेश रावत रहेका छन् ।
पक्राउ मध्ये बिर्खले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ र दीपेशले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौँ शंखरापुर नगरपालिका-४ बाट आइतबार र दीपेशलाई काठमाडौँ महानगरपालिका-२८ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेम्स रोड्रिग्वेज भन्छन्, ‘म जिनेदिन जिदान, लुका मोड्रिच र टोनी क्रुसभन्दा पनि महान खेलाडी हुँ’
-
स्ववियु निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु
-
करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ
-
एनएमबि बैंकद्वारा ‘ग्रीन सेभिङ डिपोजिट’ सुरु
-
निर्वाचनको माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन (तस्बिरहरू)
-
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान