गृह मन्त्रालयद्वारा कुँवरको बिदाइ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई शुभकामना सहित बिदाइ गरेका छन् । उनले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गरेका हुन् ।
उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त गर्नुहुनेछ भन्ने शुभकामना समेत दिए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढी प्रगतिको लागि शुभकामना समेत दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामोयात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
-
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपति वाग्लेलाई प्रधानमन्त्रीले गराए शपथ
-
५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी छः विप्लव
-
एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टीमको बिदाई
-
अपडेट : आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु*
-
कुशल फिल्ममेकर भन्दै अनुराग कश्यपले गरे रौनियारको प्रशंसा