हंगेरीको ‘पापा इन्टरनेसनल हिस्टोरिकल फिल्म फेस्टिभल’मा छानियो ‘द्रौपदी’
सोमबार, ०४ चैत २०८१, १८ : ०८

काठमाडौंँ । हंगेरीमा आगामी २३-२७ अप्रिलसम्म आयोजना हुने ‘पापा इन्टरनेसनल हिस्टोरिकल फिल्म फेस्टिभल’मा नेपालको ‘द्रौपदी’ छनोट भएको छ । यसबारे निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका हुन् ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म कर्णालीका विभिन्न स्थानमा छायांकन भएको छ । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।
फिल्ममा कथा, पटकथा, संवाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । फिल्मको निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफ डी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रूपमा वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म