अहिलेको व्यवस्थाबाट फर्किन सकिन्न : देउवा
_m7NIVIvYto.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस संघीय मामिला समन्वय विभागले सोमबार सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुक संघीय प्रणालीमा गइसकेकाले यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् ।
कसैलाई संघीयता मन नपरे पनि केही गर्न नसकिने उनको भनाई थियो । सभापति देउवाले मुलुकको अहिलेको व्यवस्थाबाट फर्किन नसकिने स्पष्ट पारे ।
संघीय स्वरुप अनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनले जिकिर गरे । सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे ।
उनले कांग्रेसको १०० दिने अभियानका क्रममा देशभरका जनतामा उत्साह भएको भन्दै यसलाई अझ बढी समन्वय गरेर अघि बढ्नुपर्ने बताए । कांग्रेस अहिले ठुलो पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरि लाग्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
-
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपति वाग्लेलाई प्रधानमन्त्रीले गराए शपथ
-
५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी छः विप्लव
-
एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टीमको बिदाई
-
अपडेट : आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु*
-
कुशल फिल्ममेकर भन्दै अनुराग कश्यपले गरे रौनियारको प्रशंसा