मन्त्रिपरिषद् बैठक
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, आईजीपी नियुक्त गरिँदै
सोमबार, ०४ चैत २०८१, १८ : १३

काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । ४ बजे बस्ने भनिए पनि बैठक साढे ५ मा सुरु भएको हो । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्नेछ ।
आईजीपी बसन्त कुँवर सोमबारबाट अवकाशमा गएका छन् । उनको अवकाशसँगै २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपी हुने प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये एक जनालाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गर्नेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सीइओ नियुक्तीबारे पनि मन्त्रीपरिषद्मा छलफल हुने प्रधानमन्त्रीको कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलाम अलीको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक
-
चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत
-
जेम्स रोड्रिग्वेज भन्छन्, ‘म जिनेदिन जिदान, लुका मोड्रिच र टोनी क्रुसभन्दा पनि महान खेलाडी हुँ’
-
स्ववियु निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु
-
करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ
-
एनएमबि बैंकद्वारा ‘ग्रीन सेभिङ डिपोजिट’ सुरु