वाईसीएलको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने, विभिन्न समिति गठन

काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) ले आगामी जेठ(१७–१९) गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । चैत २१ र २२ गते बसेको कार्यालय बैठकको निर्णय अनुमोदन गर्दे सम्मेलन तयारीका लागि विभिन्न समिति गठन भएको परिपत्र पठाएको छ । राष्ट्रिय सम्मेलनको मूल नारा ‘उद्यमशीलता, नवप्रवर्द्धन र स्वरोजगार लागि आजको युवा आन्दोलन ! सुशासन, सामाजिक न्याय, सम्बृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन !!’ तय भएको छ ।
परिपत्र अनुसार मूल व्यवस्थापन समितिको प्रमुख आयोजक समितिको संयोजक सुबोध शेर्पाली रहेका छन् । यो समितिमा केन्द्रीय समितिका सबै सदस्यहरू रहेका छन् । राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन उपसमिति प्रमुखमा पनि शेर्पाली नै रहेका छन् ।
कुन समितिमा को–को छन् ?
मूल व्यवस्थापन समिति : सुबोधराज शेर्पाली (प्रमुख)
केन्द्रीय समितिका सबै सदस्यहरू मूल व्यवस्थापन समिति सदस्य ।
राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन उपसमिति
–सुबोधराज सेर्पाली– (प्रमुख)
गणेश शाही– सदस्य, दिलबहादुर थापा ‘तुफान’ –सदस्य
सङ्गठनात्मक कार्यविधि, निर्वाचन कार्यविधि र विधान संशोधन प्रस्ताव कार्यदल
–ज्ञानेन्द्रबहादुर गुरुङ ‘कसम’ (प्रमुख)
ज्ञानबहादुर ढुडगाना ‘सुवित’– सदस्य, गणेश शाही– सदस्य
व्यवस्थापन उपसमिति (जनपरिचालन÷हल तथा मञ्च व्यवस्थापन)
–ज्ञानेन्द्रबहादुर गुरुङ ‘कसम’ (प्रमुख)
सदस्यहरू– मीनबहादुर घर्ती, ललित श्रेष्ठ, दिनेश थपलिया, शङ्कर आचार्य, राजु
कुटु, नरेश रञ्जित, काठमाडौँ, ललितपुर, भक्तपुर तथा विशेष प्रदेश अन्तरगर्तका जिल्ला समितिहरु
अतिथि व्यवस्थापन तथा समन्वय उपसमिति
–मिड्मा डण्डु शेर्पा (प्रमुख)
सदस्यहरू– गोमा आले, डोल्मामाया गोले ‘ललिता’
स्वास्थ्य उपसमिति
–गोगनबहादुर मल्ल ‘युनाइटेड’ (प्रमुख),
सदस्यहरू –हरि ढकाल, शान्ति शाही
अनुशासन तथा आचारसंहिता अनुगमन उपसमिति
–ज्ञानबहादुर ढुङ्गाना ‘सुवित’ (प्रमुख)
सदस्यहरू– रतन ब. शाही, ताराबाबु सुवेदी
निर्वाचन उपसमिति
–मञ्जु बमठकुरी (प्रमुख)
सदस्यहरू– शङ्कर पौडेल, अरुण क्षेत्री, बिमल कँडेल, साबित्रा के.सी.
आर्थिक व्यवस्थापन उपसमिति
–उमेश घोरासैनी (प्रमुख)
सदस्यहरू– सन्तोष पनेरु, अकिल शाही, गणेश गुर्माछाङ मगर, नवीन थापा, दिपक
न्यौपाने, फिलिप डीसी, राजीव गिरी, सुनील मगर,
प्रचार प्रसार उपसमिति
–केहरसिंह कुँवर–(प्रमुख)
सदस्यहरू– पुष्प वली, नवराज ऐर, खुमकान्त अधिकारी
प्रतिनिधि एवं सङ्गठन अभिलेख उपसमिति
–गणेश शाही ‘प्रतिकसिंह’ (प्रमुख)
सदस्यहरू– सिता नेपाली, अनन्त श्रेष्ठ, प्रेम चापागाईँ, विवेक प्रभात खनाल
स्वयंसेवक परिचालन उपसमिति
–एबिराज राई (प्रमुख)
सदस्यहरू– रितमान पुन, रुपेश आचार्य ‘सविन’, स्वयंसेवक विभाग, सन्तोष गुरुङ, सुवास
अधिकारी, काठमाडौँ, ललितपुर, भक्तपुर तथा विशेष प्रदेश अन्तर गर्तका जिल्ला समितिहरू
सांस्कृतिक उपसमिति
–नवीन खडका (प्रमुख)
सदस्यहरू –शुकदेव अधिकारी, चेतन गोतामे, मौसमी राना मगर, सांस्कृतिक विभागका
सदस्यहरू
–प्रदेश समितिका बैठकहरू निम्नअनुसार तय गरिएको छ–
–०८१ चैत्र ७ गते– १ नं प्रदेश (विराटनगर)
८ गते– कर्णाली प्रदेश (सुर्खेत)
९ गते– सुदूरपश्चिम प्रदेश (अत्तरिया)
१० गते– लुम्बिनी (दाङ)
११ गते– गण्डकी (पोखरा)
१२ गते– विशेष प्रदेश (काठमाडौँ)
१३ गते– बागमती प्रदेश (काठमाडौँ)
१७ गते– मधेस प्रदेश
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको कारण देखाउँदै अमृत साइन्समा स्ववियु चुनाव स्थगित
-
१२ बजे, १२ समाचार : शिक्षकका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुनेदेखि ओली र देउवासामु प्रचण्डले राखे मिलेर जाने प्रस्तावसम्म
-
आरआर क्याम्पसमा मध्यराती अनेरास्ववियुको तालाबन्दी
-
मानव अधिकार आयोगले स्ववियू निर्वाचनको अनुगमन गर्ने
-
प्रधानमन्त्री मोदीको टिप्पणीपछि चीनले भन्यो– ‘ड्र्यागन–हात्ती नृत्य’
-
राहुघाट जलविद्युत् आयोजनामा स्थानीयले गरे तालाबन्दी