कंगनाले ओस्करलाई मुर्खहरूको अवार्ड भनेपछि...

नयाँ दिल्ली । केही न केही विवादमा अल्झिरहने बलिउड अभिनेत्री कंगना रनौतले फेरि एउटा विवादास्पद अभिव्यक्ति दिएकी छन्।
आफ्नो फिल्मले नेटफ्लिक्समा प्रशंसा पाएपछि उनको विवाद निम्त्याउने अभिव्यक्ति आएको हो ।
जनवरी १७ मा प्रदर्शनमा आएको उनको फिल्म 'इमर्जेन्सी' ले बक्स अफिसमा खासै चमत्कार गर्न सकेको थिएन । तर नेटफ्लिक्समा रिलिज भएपछि यसले धेरै प्रशंसा पाइरहेको छ । केहीले त यस ‘फिल्मलाई ओस्करमा पठाउनुपर्ने भन्दै तारिफ गरेका छन् । यसको जवाफमा कंगनाले अमेरिकामाथि आक्रोश पोख्दै ओस्करलाई मूर्खहरूको पुरस्कार भनेकी हुन् ।
कंगनाले इन्स्टाको स्टोरी सेक्सनमा फिल्मले पाएको प्रशंसाको स्क्रिनसट पोस्ट गरेकी छन् । यसमा एक जना प्रयोगकर्ताले भारतको तर्फबाट उनको फिल्मले ओस्कर जित्नुपर्ने तर्क राखेका छन् । तारिफ गर्दै ती प्रयोगकर्ताले 'गज्जबको फिल्म, टिम कंगना !’ लेखेका थिए । यसको जवाफमा कंगनाले लेखेकी छिन्, ‘तर अमेरिकाले आफ्नो वास्तविक अनुहार हेर्न चाहँदैन, यसले विकासशील देशहरूलाई कसरी धम्की दिन्छ, दबाउँछ र दबाब दिन्छ । यो सबै 'इमर्जेन्सी'बाट प्रकाशमा आएको हो । त्यो मूर्ख ओस्कर आफैं राख् । हामीसँग नेसनल अवार्ड छ ।’
यस फिल्म हेरेपछि निर्माता संजय गुप्ताले कंगनाको अभिनय र निर्देशन दुवै राम्रो भएको बताएका थिए । यसको जवाफमा कंगनाले फिल्म उद्योगले अड्कलबाजी नगरी घृणाभन्दा माथि उठेर राम्रो कामको कदर गर्नुपर्ने लेखेकी थिइन् ।
लामो विवादपछि सेन्सर बोर्डले पारित गरेपछि जनवरी १७ मा 'इमर्जेन्सी' रिलिज भएको थियो । विवाद र विरोधकाबिच फिल्म बक्स अफिसमा सफल हुन सकेन । यसको कमाइ २२ करोड भारुमा सीमित रहेको थियो ।
त्यसपछि फिल्म नेटफ्लिक्समा रिलिज भयो । ओटीटीमा यसले गज्जबको प्रतिक्रिया पाएको छ । फिल्ममा कंगनाले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा महिमा चौधरी, श्रेयस तालपडे, अनुपम खेरलगायत कलाकार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी छः विप्लव
-
एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टीमको बिदाई
-
मोरङको धनपालथानमा आगलागी हुँदा २ बच्चाको मृत्यु
-
कुशल फिल्ममेकर भन्दै अनुराग कश्यपले गरे रौनियारको प्रशंसा
-
राति १० बजेसम्म भोट माग्दै हिँडेको अनेरास्ववियुले जब एकाएक आरआरमा ताला लगायो...
-
कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध