फिल्म ‘११ः५५’लाई एडल्ट सर्टिफिकेट, १६ वर्षभन्दा कम उमेकाले हेर्न नपाउने

काठमाडौंँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘११ः५५’ ।
फिल्मले केन्द्रीय चलचित्र जाच समिति (सेन्सर बोर्ड)बाट ‘एडल्ट’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेटसँगै फिल्म १६ वर्ष मुनिकाले हेर्नै पाउने छैनन् । फिल्मले विनाकाँटछाट ‘एडल्ट’ सर्टिफिकेट पाएको हो ।
आइतबार साँझ भएको सेन्सरमा फिल्मलाई उक्त सर्टिफिकेट दिइएको छ । फिल्म २ घण्टा १७ मिनेट २३ सेकेन्ड छ ।
‘मर्डर मिस्ट्री’को कथामा निर्माण भएको फिल्मलाई केशव पाण्डेयले निर्देशन गरेका हुन् । उनी स्वयंको कथा रहेको फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, सागर खनाल, बुद्धि तामाङ, विशाल पहारी, एमएस अग्रज लगायतको अभिनय छ । महेश र सृष्टि श्रीमान्-श्रीमतीको भूमिकामा छन् ।
फिल्म निर्देशक पाण्डेयसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । श्याम शर्मा र सरोजा शर्मा निर्मातामा छन् । कार्यकारी निर्माता भने एमएस अगराज हुन् ।
मध्यरातको ११ः५५ बजे भएको एक ‘मर्डर’को वरिपरि फिल्मको कथा घुमेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र पर्दा रोकिए सात फैसलाका पूर्णपाठ
-
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण धमाधम
-
अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
आजदेखि पोखरा–छेङदु उडान, पर्यटनमा उत्साह
-
बुटवल–गोरुसिङ्गे–चन्द्रौंटा सडक विस्तार धमाधम