सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपा नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा (पत्रसहित)

सोमबार, ०४ चैत २०८१, १७ : ३१
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । राप्रपाका नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ ।  राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा राप्रपाका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन् । 

मिश्र सदस्य सचिव रहेका छन् । राप्रपाभित्र अध्यक्ष लिङ्देन र सुवेदीबिच मतभेद बढेको चर्चाबिच सबै पक्षलाई समेटेर समिति गठन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

12345

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?