सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ड्रमको डुंगा ढल्किँदा खसेर कर्णालीमा बेपत्ता युवाको शव भेटियो

सोमबार, ०४ चैत २०८१, १७ : २७
सोमबार, ०४ चैत २०८१

सुर्खेत । ड्रमको डुंगामा चढेर कर्णाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका युवाको शव भेटिएको छ । सोमबार बिहान ७ बजेतिर मुगुको छारानाथ रारा नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल कालिकोटको पलाँता गाउँपालिका ९, बालुवा बजारदेखि पचालझरना गाउँपालिका–६ नानिकोट जाने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए । 

घटना घटेलगत्तै प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी कार्य भएको थियो । दिउँसो ३ बजेतिर घटना घटेको स्थानभन्दा केही तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी गोविन्द चौधरीले रातोपाटीलाई बताए । 

उनका अनुसार कर्णाली करिडोरका घाटचौर सडक खण्डमा काम  गर्दै आएका उनीसहित चार जना चढेको ड्रमको डुंगा ढल्किँदा देवनाथ कर्णालीमा खसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?