बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरेको हो ।
असार १४ गते नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजाने भनी ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
जिल्ला अदालत काठमाडौँले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो । गत माघ २ गते उनले सर्वोच्च बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग सर्वोच्च गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु
-
रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?