सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्थायी कमिटी बैठक

चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय

सोमबार, ०४ चैत २०८१, १६ : ४७
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ ।  पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको विरोधसभालाई सफल बनाउन हजारौँलाई उतार्ने सहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।

राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्र पक्षधरहरूले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।  

उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?