प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी हुने कुनै नीति नभएको दाबी गरेका छन् । सोमबार काठमाडौँमा जसपाका नेता राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले माओवादी वर्तमान सकारमा जाने हल्ला निराधार भएको जिकिर गरेका हुन् ।
‘कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको चर्चा भइराखेको चर्चा भइराखेको छ । सामाजिक सञ्जाल, साथीभाइहरूले फोन मार्फत चासो राखेका छन् । आज म यो मञ्चबाट भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ । देशमा संकट आयो भने संकट कसरी समाधान गर्ने भन्ने हाम्रो विचार हामी दिन्छौँ । तर यही सरकारमा गएर हामी सामेल हुने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार सबै भ्रम हो’, उनले भने ।
सरकारमा जानेबारे कोहीसँग पनि औपचारिक कुराकानी नभएको उनले जिकिर गरे । यद्यपि टीआरसी, बेपत्तासम्बन्धी विषयमा छलफल भइरहेको उनले स्पष्ट पारे । यो पटक सरकार बनाउनेबारे बिल्कुल नभएको प्रस्टीकरण दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म