सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तो छ अन्तर्राष्ट्रिय स्पेस स्टेसन ?

सोमबार, ०४ चैत २०८१, १६ : ३६
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन अन्तरिक्ष (आईएसएस)मा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने ठाउँ हो । यहाँ अन्तरिक्षयात्रीहरूले विज्ञानको नयाँ नयाँ प्रयोग गर्छन् । तर यहाँको जीवन पृथ्वीको भन्दा पूर्णतया फरक छ ।

तपाईँलाई थाहा छैन होला । आईएसएसमा २४ घण्टाको अवधिमा १६ पटक सूर्योदय र १६ पटक सूर्यास्त हुन्छ । पछिल्लो समय अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी (नासा) का दुई अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोर ९ महिनादेखि आईएसएसमै फसेपछि आईएसएसको चर्चा चर्किएको थियो । 

आईएसएस अस्थिर संरचना हो । निरन्तर पृथ्वीलाई घुमिरहने यसलाई ठुलो अन्तरिक्ष यान भने पनि हुन्छ । आईएसएस पृथ्वीबाट ४०३ किलोमिटरको उचाइमा छ । यसले प्रतिघण्टा १७ हजार ५०० माइल अर्थात् २८ हजार १६३ किलोमिटरको गतिमा पृथ्वीलाई घुम्छ । यसको अर्थ आईएसएसले हरेक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउँछ ।

यसरी परिक्रमा गर्दा आईएसएस सूर्यको प्रकाशमा लगभग ४५ मिनेट र  पृथ्वीको छायाँमा लगभग ४५ मिनेट रहन्छ । त्यसैले २४ घण्टामा यसले १६ पटक पृथ्वीको परिक्रमा गर्ने भएकोले सो अवधिमा यसले १६ पटक सूर्योदय र १६ पटक सूर्यास्त देख्छ । 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार आईएसएसको आकार पाँचवटा शयनकक्ष भएको घर वा दुई बोइङ ७४७ जेटलाइनर जत्तिकै ठुलो छ । यहाँ ६ जनाको टोली र केही पाहुनाहरू बस्न सक्छन् । हाल आईएसएसमा ८ जना बसिरहेका छन् । पृथ्वीमा रहेको भए आईएसएसको तौल करिब दस लाख पाउन्ड (४ लाख ५३ हजार ५९२ दशमलव ३७ किलोग्राम) हुन्थ्यो । सबै किनाराहरू जोडेर नाप्ने हो भने यसको लम्बाइ फुटबल मैदान बराबर हुनेछ । यहाँ अमेरिका, रुस, जापान र युरोपका प्रयोगशाला मोड्युलहरू छन् । 

कति पुरानो छ आईएसएस ? 

आईएसएसको पहिलो भाग नोभेम्बर १९९८ मा लन्च गरिएको थियो । त्यतिबेला एउटा रुसी रकेटले रुसी जार्या (जार ईई उह) नियन्त्रण मोड्युल प्रक्षेपण गर्याे । त्यसको करिब दुई हप्ता पछि अन्तरिक्ष यान एन्डेभर र जार्याको भेट भयो । अन्तरिक्ष यानले अमेरिका युनिटी नोड बोकेको थियो । चालक दलका सदस्यहरूले युनिटी नोडलाई जार्यासँग जोडे ।

अन्तरिक्ष स्टेसनमा बस्न नमिल्दाससम्म अर्काे दुई वर्षमा यसमा अरू भागहरू थपिए । यहाँ बस्नका लागि पहिलो टोली २००० को नोभेम्बर २ मा पुगेको थियो । त्यसबेलादेखि यहाँ अन्तरिक्षयात्री बस्दै आएका छन् । समय बित्दै जाँदा यहाँ थप उपकरणहरू थपिँदै गएका छन् । नासा र विश्वभरका यसका साझेदारहरूले २०११ मा आईएसएसको निर्माण पूरा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?