सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

अनुगमनमा निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार

सोमबार, ०४ चैत २०८१, १६ : ३५
सोमबार, ०४ चैत २०८१

सुर्खेत । जाजरकोटमा अनुगमनका निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार हुँदा घाइते भएका छन् । 

घाइते हुनेमा बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुन रहेका छन् । उनीमाथि सोही गाउँपालिकाको वडा नम्बर ६ का टेकेन्द्र नेपालीले ढुंगा र रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक हरिराम डाँगीले रातोपाटीलाई बताए । 

उनका अनुसार नेपाली कार्कीज्यूला भन्ने गाउँको सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । आइतबार बेलुका ४ बजेतिर सब–इन्जिनियर पुन विद्यालयको दिवा खाजा भवनको अनुगमन तथा निरीक्षण गर्न पुगेका थिए । 

सो क्रममा भवनको गुणस्तरको विषयलाई लिएर विवाद उत्पन्न भएको उनले प्रहरी निरीक्षक डाँगीले बताए ।  ‘सामान्य भनाभनपछि नेपालीले अचानक रड र ढुंगा प्रहार गरेको भन्ने सुन्नामा आएको छ,’ उनले भने, ‘सब–इन्जिनियरको पाखुरा र हिपमा चोट लागेको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उहाँ जिल्ला अस्पताल जाजरकोट आउँदै हुनुहुन्छ ।’

यद्यपि नेपाली भने अझै पक्राउ पर्न सकेका छैनन् । प्रहरी निरीक्षक डाँगीका अनुसार घटना भएको स्थानदेखि प्रहरी कार्यालयबाट ३ घण्टाको दुरीमा पर्छ । खबर पश्चात् प्रहरी त्यहाँ खटेको भए पनि नेपाली भने फरार छन् । उनको खोजी कार्य भने भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?