फ्लोरा एक्स्पो सकियो, १ करोड १० लाख करोबार
_8prwgl8bs6_2hu3REGn8f.jpg)
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोको आज सकिएको छ । मेला ५८ हजार ७ सय अवलोकन गर्दा १ करोड १० लाख कारोबार रुपैयाँको कारोबार भएको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले बताए ।
मेलामा ६० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको थियो । तर ५८ हजार ७ सय अवलोकन गरेको हुन् । यस्तै, मेलामा एक करोड रुपैँयाभन्दा बढीको कारोबार हुने लक्ष्य आयोजकको थियो । मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुई र फूडस्टल ३ वटासहित जम्मा ८३ वटा स्टल थिए ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । एक्स्पोमा आलंकारिक बोट बिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भइरहेको उनले जानकारी दिए ।
नेपालमा वि.सं. २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र बि.सं.२०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो ।
हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, १ हजार १७४ भन्दाबढी पुष्प व्यवसायीहरू संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी ८ अर्ब ८३ करोड रुपैयाँ बढी रहेको फ्यानले जनाएको छ ।
यस्तै यो व्यवासायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५१ हजार ५ हजार बढी जनशक्ति रोजगार प्राप्त गरेका छन् । पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार ३ अर्ब ६८ करोड बढी रहेको फ्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय आविस्कार केन्द्रले बनाएको ‘बेबी वार्मर’ पुग्यो बर्थिङ एकाइमा
-
कटहरका रुख सुकेपछि किसानलाई पिरलो
-
१२ बजे, १२ समाचार : चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग अलपत्रदेखि विराटनगरमा मौलायो गुण्डागर्दीसम्म
-
मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित
-
खोटाङका कुनै क्याम्पसमा भएन स्ववियु निर्वाचन
-
एकता महाधिवेशनलाई सघाउने कांग्रेस निकट जनसम्पर्क समितिले साथ दिने