सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबै पार्टीले केन्द्रीकृत मानसिकता नत्यागेसम्म संघीयता कार्यान्वयन हुन सक्दैन : निधि

सोमबार, ०४ चैत २०८१, १६ : २४
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केन्द्रीकृत मानसिकता हावी हुँदा संघीयता कार्यान्वयन नभएको जिकिर गरेका छन् । सोमबार केन्द्रीय कार्यालय सानेपामा संघीयता कार्यान्वयनसम्बन्धी कार्यक्रममा बोल्दै नेता तथा शासकको केन्द्रित सोच बदल्न आवश्यक रहेको उनले बताएका हुन् । 

‘केन्द्रीकृत मानसिकता अझै पनि छ हाम्रो । कांग्रेसमा मात्र होइन सबै पार्टीमा छ । समाज, विज्ञ, नागरिक अगुवामा पनि छ । संविधानमा संघीय प्रणाली उल्लेख छ तर सबै कुरा बालुवाटारबाट हुनुपर्छ । सिंहदरबारबाट नै हुनुपर्छ ।  बूढानीलकण्ठबाट हुनुपर्छ, सानेपाबाट नै हुनुपर्छ भन्ने मानसिकता छ । तलबाट हुनुपर्छ भनेर सोचै जाँदैन । त्यसकारण नेपाली कांग्रेसले ऐन, कानुन वा संविधान संशोधन गरेर भएपनि संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ,’ निधिले भने ।  

संघीयताका लागि सबै प्रदेशको  आ–आफ्नै प्रहरी संगठन हुन नसक्दा समस्या आएको उनको भनाइ छ । कांग्रेसको भूमिका संघीयता कार्यान्वयनकै लागि हुनुपर्नेमा आफूले पटक पटक भन्दै आएको भए पनि सुनुवाइ नभएको उनले गुनासो पोखे । 

‘सातै प्रदेशमा आफ्नै प्रहरी संगठन छैन । प्रशासकीय अधिकृत जानै चाहँदैनन् । संघीयता कार्यान्वयनमा केन्द्रीय मानसिकता हाबी छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?