राम मन्दिरले सरकारलाई तिर्यो ४ अर्ब भारु कर

नयाँ दिल्ली । उत्तर प्रदेशको अयोध्यास्थित मणिराम क्यान्टोनमेन्ट मन्दिरमा आइतबार दिउँसो राम मन्दिर ट्रस्टका ट्रस्टीहरूको बैठक आयोजना गरिएको थियो । यसमा ट्रस्टको लेखाजोखा प्रस्तुत गरिएको थियो । ट्रस्टको स्थापना २०२० को फेब्रुअरी ५ मा स्थापना भएको थियो ।
ट्रस्टले २०२० को फेब्रुअरी ५ देखि २०२५ को फेब्रुअरी ५ सम्म भारत सरकारलाई करको रूपमा लगभग ४०० करोड रुपैयाँ तिरेको बैठकमा राम मन्दिर ट्रस्टका सचिव चम्पत राईले भनेका छन् । योमध्ये २७० करोड रुपैयाँ जीएसटीको रूपमा दिइएको र बाँकी १३० करोड रुपैयाँ अन्य करको रूपमा सरकारलाई दिइएको बताइएको छ ।
‘अयोध्यामा आउने भक्तजनहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । गत वर्ष लगभग पाँच करोड भक्तजनहरूले रामलीलाको दर्शन गरे’ राईले भनेका थिए । २०२५ को जनवरी १५ देखि फेब्रुअरी २८ सम्म कुम्भ मेला चलिरहेको समयमा समेत लगभग १ करोड २६ लाख भक्तजन अयोध्या पुगेको उनले बताए ।
‘यस अवधिमा, हरेक दिन लगभग चारदेखि साढे चार लाख मानिसहरू अयोध्या आउँथे । रेलवेका अनुसार हरेक दिन दशवटा रेलहरूले ४० हजारदेखि ५० हजार मानिसहरूलाई अयोध्या ल्याउँदै आएका थिए’ उनले भने । ट्रस्टको वित्तीय रेकर्डहरू नियन्त्रक तथा महालेखा परीक्षकका अधिकारीहरूले लेखापरीक्षण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ सरकारी निकायको ५ अर्ब ९ करोड बराबरको बजेट ‘सरेन्डर’
-
स्पेन र पोर्चुगलका धेरैजसो भागमा विद्युत् आपूर्ति बन्द, रेल र हवाई यात्रा अवरुद्ध
-
‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौँ’
-
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकार
-
दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस