सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा अत्यधिक गर्मीका कारण स्टेडियममै क्रिकेट खेलाडीको निधन

सोमबार, ०४ चैत २०८१, १६ : ००
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । अस्ट्रेलियामा खेलिएको क्लब क्रिकेटका क्रममा अत्यधिक गर्मीका कारण एक खेलाडीको मृत्यु भएको छ । दक्षिण अस्ट्रेलियामा खेलिएको क्लब प्रतियोगिताका क्रममा ती खेलाडीको निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

खेलका क्रममा ती खेलाडी अत्यधिक गर्मीका कारण क्रिजमै ढलेका थिए । उनलाई तत्कालै उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको थियो । तर, अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । 

मृत्यु हुने ती खेलाडीको नाम जुनैद जफर भएको बताइएको छ । उनी पाकिस्तानी मूलका हुन् । समाचारमा जनाइए अनुसार, उनी रोजगारीको सिलसिलामा अस्ट्रेलिया पुगेका थिए । उक्त खेल एडिलेडमा खेलिएको थियो । 

त्यतिबेला एडिलेडको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको बताइएको छ । अत्यधिक गर्मीका कारण अचेत भएर मैदानमा ढल्नुअघि ४० वर्षीय जुनैद जफरले ३७ बलमा १६ रन बनाउँदै क्रिजमा थिए । त्यसअघि जुनैद जफरले ४० ओभरसम्म फिल्डिङ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?