सञ्जीवनीले गाइन् ‘माइतीघर’को गीत

काठमाडौँ । फिल्म ‘माइतीघर’को शीर्ष गीत रेकर्ड गरिएको छ । भारतीय गायिका सञ्जीवनीको स्वरमा गीत मुम्बईमै रेकर्ड गरिएको हो ।
यसको जानकारी फिल्म निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालबाट दिएका छन् ।अहिले रेकर्ड गरिएको गीत पहिल्यै निर्माण भएको फिल्म ‘माइतीघर’कै ‘वसन्त नै बस्न खोज्छ यहाँ...’ को नयाँ संस्करण भनिएको छ ।
यसअघि यो गीत बलिउडकी प्रख्यात गायिका आशा भोसलेले गाएकी थिइन् । गीतमा संगीत जयदेव र शब्द किरण खरेलकै यथावत् छ ।
आइतबार मुम्बईस्थित नीरञ्जन स्टुडियोमा गीत रेकर्ड गरिएको हो । सञ्जीवनीले थुप्रै नेपाली गीत गाएकी छन् । उही मिठासका साथ नयाँ गीत बनेको अधिकारी अधिकारी बताउँछन् ।
फिल्ममा योसहित ४ गीत समावेश हुनेछन् । एसडी योगी, एलिस कार्की र चन्द्र दोङ संगीतकार रहेका छन् ।
फिल्म वैशाख ७ देखि छायांकनमा जाने बताइएको छ । शैलुङ, काभ्रे र काठमाडौँमा फिल्म खिचिने फिल्मको निर्देशन मिलन तामाङले गर्न लागेका हुन् । फिल्ममा प्रकाश सपुत, केदार घिमिरे ‘माग्ने बुढा’, धीरज मगर, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङ्देल, बुद्धि तामाङ, सन्तोष शाही, माओत्से गुरुङलगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठ्यक्रममा एआई राख्ने त्रिवि, स्ववियु निर्वाचन भने परम्परागत शैलीबाट गराउँदै
-
चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका
-
नेपाली र अमेरिकी सेनाको आयोजनामा संयुक्त अभ्यास सुरु
-
आधार क्षेत्रमा नेविसंघलाई सघाउँदै अनेरास्ववियु, विरासत भत्काउने दाउमा क्रान्तिकारी
-
स्ववियु निर्वाचनमा महेन्द्र मोरङ : झडप र झैझगडाका शृङ्खला सुरु
-
एसइईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन