बाह्रखरी गल्फको आठौँ संस्करण चैत २३ गते

काठमाडौँ । आठौँ संस्करणको एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद यही चैत २३ गते काठमाडौँमा आयोजना हुने भएको छ । आयोजक बाह्रखरी मिडियाले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता तथा आर्थिक परिसंवाद आयोजना हुने जनाएको हो ।
गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब १२० जना कर्पोरेट गल्फरको सहभागिता रहने गोकर्ण गल्फका निर्देशक दीपक आचार्यले जानकारी दिए । भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
साथै, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् । १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुने प्रतियोगीताका विजयीलाई गोल्डेन बल प्रदान गरिने आचार्यले बताइन् ।
कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘आर्थिक परिसंवाद’ पनि सोही दिन गोकर्ण फरेस्ट रिसोर्टमा नै हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीसम्बन्धी विधेयकमा विपक्षीले मागे मत विभाजन
-
आईजीपीमा थापा : पहिले सहमति, अनि मात्र मन्त्रिपरिषद्मा एजेण्डा
-
पाठ्यक्रममा एआई राख्ने त्रिवि, स्ववियु निर्वाचन भने परम्परागत शैलीबाट गराउँदै
-
चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका
-
नेपाली र अमेरिकी सेनाको आयोजनामा संयुक्त अभ्यास सुरु
-
आधार क्षेत्रमा नेविसंघलाई सघाउँदै अनेरास्ववियु, विरासत भत्काउने दाउमा क्रान्तिकारी